आत्महत्या सोचाइ आउनुमा व्यक्ति स्वयंको दोष हुदैन

हरेक जीवजन्तुहरुले पनि आफुलाई वा आफनो शरीरलाई हानी हुँदैछ भने उसले आफूलाई बचाउन धेरै प्रयास गर्छ वा भाग्ने गर्दछ । उदाहरणको लागि चौरमा चरिरहेका कुखुराहरु माथि आकसमा चिल उडेको थाहा पाउने बितिक्कै आफुलाई बचाउन सुरक्षित स्थानतिर लुक्न खोज्छन्। उनिहरुलाई थाहा हुन्छ कि वातावरण अब सुरक्षित छैन र बाँच्न सक्ने हर प्रयास गर्दछ । यहि कुरा अरु जीव प्राणीहरुमा पनि हामीले देख्छौं । तर हामी मानिस सर्वश्रेष्ठ प्राणी भन्छौं, हामीमा विवेक छ, तर्क वितर्क गर्ने क्षमता छ, समस्यालाई लेखाजोखा गर्दै सामना गर्ने शक्ति पनि छ । हामीले आफुलाई के मन पर्छ के मन पर्दैन छुट्याउन पनि सक्छौ । यसमानेमा त हामीले आफुलाई धेरै माया गर्नुपर्ने हो तर हामीले प्रत्येक दिनजसो आत्महत्या सम्बन्धि समाचार तथा समस्या विभिन्न सामाजिक संजाल वा व्यक्ति मार्फत सुन्दै आउँदा हामी सबैलाई असाहयपन महसुस हुनु स्वाभाविक हो । नेपाल प्रहरीको तथ्यांकलाई हेर्ने हो भने पनि हरेक वर्ष आत्महत्याबाट मृत्यु हुनेकोसँख्या बढ्दै गइरहेको देखिन्छ । तथ्यांकले जे जति देखाएता पनि यो मात्र “टिप्स अफ आइसबर्ग” अर्थात समुन्द्रमा भएका बरफकोमाथि देखिने हिमशिला जस्तै हो, जसमा बाहिर देखिने बरफका भाग भन्दा धेरै गुणा भाग समुन्द्र भित्र हुन्छ जुन हामीले देख्दैनौं । समुदायमा आत्महानी तथा आत्महत्याका सोचाइ आइरहेका व्यक्तिहरु धेरै हुन सक्छन्।

आत्महानी तथा आत्महत्या एक जटिल जनस्वास्थ्य समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष आठ लाख भन्दा बढि व्यक्तिको मृत्यु आत्महत्यबाट भएको र हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने र प्रत्येक २० सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गरेको तथ्याङ्कमा पाइएको छ । विश्वब्यापी रुपमा हेर्ने हो भने १५-२९ बर्षका व्यक्तिहरुमा मृत्युकोप्रमुख कारणमध्येएक आत्महत्या रहेको छ ।

आत्महत्याको परिप्रेक्षमा नेपाल पनि पछि रहन सकेको छैन किनभने १० बर्षे द्वन्द्वकाल, महाभुकम्प, राजनैतिक अस्थिरता, महामारीका साथै थुप्रै कारणहरुले गर्दा धेरै व्यक्तिहरुलाई मनमा निराशापन, असाहयपन, एक्लोपनका साथै आफुलाई मुल्यहीन ठान्ने, र ती गहिरो पीडालाई सामना गर्न नसक्दा आफुले आफुलाई हानी गर्ने वा आत्महत्याका सोचाइ आउने कुराहरु मनोपरामर्शका क्रममा व्यक्त गर्नुहुन्छ । यसका साथै मस्तिष्कमा भएका रसायनिक पदार्थको गडबडीले गर्दा पनि खुसी हुन नसक्ने हुनाले निराशापन बढ्दा आत्महत्याको जोखिम बढ्न सक्छ ।

अहिलेको महामारीका क्रममा धेरैजनाले आफ्नो नजिकका आफन्तजनको मृत्यु हुदाखेरी आफ्नो रितीरिवाज अनुसारका काजक्रिय गर्न नपाउँदा, आफ्नो धर्म संस्कार अनुसारका व्यवहार गर्न नसक्दा, स्वयं नै अस्वस्थ हुँदा, रोजगारी गुमाउनुपर्दा, धेरै ऋण लिएर चलाएका व्यापारहरु डुब्दा, आफ्नोस्वतन्त्रता गुमाउदा, वा पहिला सहज रुपमा चलिरहेकोव्यवहारमा अचानक परिवर्तन गर्नुपर्दा र अनिश्चिततालेगर्दाखेरी डर र क्रोधका साथै निराशपन बढिरहेका छन्।

मनोपरामर्शका क्रममा सेवाग्राहीहरुले व्यक्त गर्नुभएको अनुभव राख्नु चाहन्छु ः“आफुमा आइरहेका आत्महानीका व्यवहार ऐवम आत्महत्याका सोचाइ अरुलाई कसरी भन्ने बारेकोडर ९लाज० र यस्ता कुरालाई अरुले गम्भिररुपले नलिइ मजाकको रुपमा लिइदिने, वा उल्टै चरित्रमाथि नै प्रश्न गर्ने हुँदा आफैभित्र दबाएर राख्न बाध्य हुने गर्दा जिउदो लास सरह भइरहनुपर्ने हुन्छ ।” 

कसरी थाहा पाउने ?
यदि जो कोहिलाई निम्न कुराहरु बारम्बार आउछ वा जोखिमका संकेतहरु देखाउँछन् भने आत्महत्याको जोखिम हुन सक्छ । समयमा नै यसलाई पहिचान गर्न सकेमा उनीहरुको ज्यानलाई बचाउन सकिन्छ ।ड्ड बारम्बार मृत्युका कुरा गर्ने (म मरेपछि सबैलाई राम्रो हुन्छ)

  1. बारम्बार मृत्युका कुरा गर्ने (म मरेपछि सबैलाई राम्रो हुन्छ)
  2. निराशाजनक कुराहरु गर्ने
  3. कसैले नबुझेको व्यक्त गर्ने
  4. मुडमा अचानक परिवर्तन आउने
  5. शरिरमा चोटपटकका खतहरु देखिने
  6. सामाजिक संजालमा मृत्यु सम्बन्धित कुराहरु राख्ने वा टाढा हुने
  7. आफ्नो मनपर्ने सामानहरु अरुलाई दिने
  8. जोखिमयुक्त व्यवहारहरु गर्ने
  9. नकारात्मक सोचाईहरु आउने
  10. आफ्नो शरीरको माया नलाग्ने
  11. रक्सि तथा अन्य लागुपदार्थको सेवन गर्ने आदि ।

यदि कसैलाई यस्ता संकेतहरु आइरहेमा, अरुले भनेकोसुन्नुभएमा, वा व्यवहारमा परिवर्तन देखेमा तुरुन्तै दक्ष व्यक्तिसँग वा स्वास्थ्य सँस्थामा गएर सहयोग तथा उपचार गर्नुपर्दछ । परिवार तथा नजिकका व्यक्तिले यस्ता व्यवहारलाई नजिकबाट अवलोकन गर्दा समयमा ज्यान बचाउन सकिन्छ ।
धेरै अवस्थामा सहि उपचार र सहयोग नपाएर र कतिपय अवस्थामा त उपचार हुन्छ भन्ने बारेमा थाहा नैनपाएर एक्लै छटपटिएर मृत्यु पनि हुन सक्छ । शुरुमा उपचारको लागि आउन धेरै उत्प्रेरणा चाहिन्छ यसमा सबैको सहयोग चाहिन्छ र गर्नु पनि पर्दछ । व्यक्ति स्वयंले पनि सहयोगका लागि भन्नु पर्छ । यस्ता सोचाइहरु आउनुमा व्यक्ति स्वयंको केही दोष हुदैन । यहाँ अर्का एकजना सेवाग्राहीले भन्नु भएको कुरा सम्झिन्छु “ यसको नि उपचार हुन्छर जस्तो लाग्थ्यो, नियमित मनोपरामर्श गरेपछि मैले नयाँ जीवन पाएको छु र पहिलाभन्दा धेरै गुणा आफुलाई माया गर्न थालेको छु । ”

जसरी शरीरका अँगहरु बिरामी हुन्छ, त्यसरी नै मन पनि बिरामी हुन सक्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार्न नसक्दा पनि हाम्रो समुदायमा दिनप्रति दिन मनोसामाजिक समस्या बढ्दै जाँदा आत्महत्याका समस्याका जोखिम बढिरहेको देखिन्छ । हाम्रा भावनाहरुलाई आफैले बलियो बनाउनुपर्छ, दबाउनु पर्छ, अरुलाई भन्नु हुँदैन, आफ्नो मनका कुरा अरुलाई भन्यो भने आफु बलियो भइदैन भन्ने बर्षौदेखिको विश्वासलाई अब परिवर्तन गर्नुपर्छ । मनमा आएको यस्ता भावनात्मक कठिनाइलाई सहयोग तथा उपचार गर्नका लागि मानसिक स्वास्थ्य विषय अध्ययन गरेका विशेषज्ञहरु जस्तैमनोचिकित्सक, मनोविद , मनोपरामर्शकर्ताहरुले वैज्ञानिक तवरलेविस्तृत रुपमा छलफल गरेर सकारात्मक पक्षलाई जोड दिदैं समस्याको समाधान गर्न सहयोग गर्छन्।

आत्हत्याका सोचाइ आएमा के गर्ने ?
कतिपय क्षणमा यस्तो अवस्थामा पुगिन्छ कि अगाडी केही पनि उपायहरु नैछैन वा मृत्यु बाहेक अरु केही छैन भन्ने लाग्छ तर यो अवस्थामा पुग्न धेरै कारक तत्वहरुले प्रभाव पारिरहेका हुन्छन । ती कारक तत्वहरुलाई चाहेर पनि तुरुन्तै समाधान गर्न सकिरहेको हुन्न । तर पनि आत्महत्याको तीव्र सोचाइलाई भने केही क्षण रोक्न सकिन्छ । त्यसका लागि निम्न उपायहरुलाई अपनाएमा आत्महत्याका सोचाइ वा जोखिमलाई रोक्न वा जित्न सकिन्छ ।

  1. आत्महत्याका सोचाइ आएमा केही समय आफुलाई रोक्ने वा तुरुन्तै यस्ता सोचाईलाई परिवर्तन गर्न सक्ने क्रियाकलापहरु गर्ने जस्तै चिसो पानीले मुख धुने, पिउने वा नुहाउने।
  2. आत्महत्याको सोचाइ तीब्र रुपमा आएमा कम्तिमा पाँच मिनेट सम्म एकाग्रत हुने कोशिस गर्ने र आफुमा आइरहेका भावनाहरु क्षणिक वा अस्थाइ मात्र हो भनेर स्वीकार्ने।
  3. आफ्ना शरिरलाई चलाउनुे र शरिरलाई नियाल्ने । जसले गर्दा आफुले आफुलाई पहिचान गर्न सहयोग मिल्छ ।
  4. आफनो वरिपरिका वातावरणलाई सुरक्षित पार्ने जस्तैखतरा हुन सक्ने सामानहरु वा ठाउँबाट टाढा रहने ।
  5. तत्काल आफ्नो परिवारका सदस्य वा साथीलाई आफ्नो भावना सुनाउने। तत्काल मद्घत लिनुहोस्वा आत्महत्या रोकथामका हेल्पलाइन ११६६ वा अरु नम्बर मा सम्पर्क गर्ने
  6. संकटको अवस्था कम भएपछि तुरुन्त मनोचिकित्सक, मनोविद, मनोपरामर्शकर्तासँग भेटेर आफ्नो अवस्थाका बारेमा खुलेर भन्ने।
  7. यदि यो अवस्था गम्भिर भएमा मनोचिकित्सकको प्रत्यक्ष निगरानीमा बसेर उपचार गर्ने।
  8. सानो सानो कुरामा खुसी हुन कोशिस गर्ने र जीवनमा आशाहरु जगाउन प्रयत्न गर्ने।
  9. आफुले तत्काल गर्ने कामहरुको तालिका बनाउने र त्यसलाई निभाउने प्रयास गर्ने
  10. यदि गर्दा गर्दै पनि सकेन भने पनि स्वयंलाई क्षमा गर्ने । आज सकेन तर भोलि अवश्य सक्छु भनेर भन्ने ।
  11. लामो लामो श्वास लिने र आफैमाथि विश्वास गर्ने ।

आत्महत्याका सोचाइ तथा भावनाहरु अस्थाइ हुन । यस्ता चुनौतिहरुलाई जितेर अगाडी बढ्न सकिन्छ । यसमा आफुलाई सहयोग गर्ने परिवार, साथीभाई तथा विज्ञहरु पनि छन् भन्ने विश्वास राख्नुपर्दछ । जसले गर्दा आफ्नो गहिरो पीडालाई निको बनाएर पहिला भन्दा झन खुसीको जीवन जिउन सकिन्छ । नियमित रुपमा मनोचिकित्सकको निगरानीमा रहेर औषधी सेवन र मनोपरामर्श सेवा लिनुभएपछि धेरै व्यक्तिहरु पूणर्रुपमा निको भएका थुप्रै उदाहरणहरु छन्र उहाँहरुले नै जीवनमा जिउनुपर्ने हजार कारणहरु रहेको बताउनुहुन्छ । यदि समयमा नै सहयोग लिन सकियो भने यस्ता कठिनाईका अवस्था सामना गर्नु पर्दैन । त्यस कारण अन्तमा के भन्न चाहन्छौं भने आफूलाई माया गर्नुहोस, आत्महत्याको सोचाइ आएमा सम्बन्धि दक्ष व्यक्तिलाई भेट्नुहोस्र आफ्नो अमुल्य जीवनलाई बचाउनुहोस्।

Share

Facebook
Twitter
LinkedIn
Reddit
Telegram
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *